
८ वैशाख, काठमाडौं :
चैत्र शुक्ल नवमीका दिन भगवान् रामको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि आस्थाका साथ पूजा आराधना गरी भब्यताका साथ मनाइदै छ।
असत्यमाथि सत्यको जित तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका अवसरमा देशभरका राम मन्दिरहरुमा पूजा गरिन्छ। जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्ने छ।
रामनवमीका दिन भगवान श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने धार्मिक विश्वास रहीरहेको छ।
गत वर्षजस्तै यस वर्ष पनि कोरोना संक्रमणको जोखिम बढेकोले मन्दिरहरुमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने अवस्था रहेको छ।
- ८ बैशाख २०७८, बुधबार ०८:२४ मा प्रकाशित