शक्तिशाली बनाउने विधान संशोधन प्रस्तावलाई नै अघि बढाउने ओलीको संकेत

शक्तिशाली बनाउने विधान संशोधन प्रस्तावलाई नै अघि बढाउने ओलीको संकेत

९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अध्यक्षलाई शक्तिशाली बनाउने विधान संशोधन प्रस्तावलाई नै अघि बढाउने संकेत गरेका हुन् । २५ साउनमा आफ्नो पक्षका नेताहरु मात्र उपस्थित केन्द्रीय कमिटी बैठकमार्फत ओलीले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्र चयन गर्ने विधान संशोधन प्रस्ताव पास गरेका थिए ।

बुधबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले भने, ‘प्रमुख नेता सोझै र अरु पदहरु अनुकूल ढंगले पार्टी सञ्चालन गर्ने गरी मिलाउनु पर्छ ।’चुनाव हारेका मान्छेले मलाई अध्यक्ष चाहियो भन्ने गरेको भन्दै उनले भने, ‘यदि केन्द्रीय सदस्यबाट अध्यक्ष छान्ने प्रणाली ल्यायौं भने सधैं अध्यक्ष फेर्ने खेल हुन्छ । लोकतान्त्रिक अभ्यासका नाम गुटबन्दी भइरहन्छ ।’

अध्यक्ष मात्र महाधिवेशनबाट चुन्दा पार्टीभित्रको लोकतन्त्र कमजोर नहुने भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘हामीले लोकतान्त्रिक अभ्यास छोडेका छैनौं, छोड्दैनौं ।’

 

- ९ भाद्र २०७८, बुधबार १३:४९ मा प्रकाशित