१६ आरोही समूहका १६० जनालाई मनास्लु हिमाल चढ्नेअनुमति

१६ आरोही समूहका १६० जनालाई मनास्लु हिमाल चढ्नेअनुमति

२२ भदौ काठमाडौं । मनास्लु हिमाल(८,१६३ मी.) आरोहणका लागि आकर्षण देखिएको छ । पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ । सोमबारसम्म कञ्चनजङ्घा हिमाल(८,५८६ मी.) आरोहण गर्न एक समूहले अनुमति लिएको विभागले जनाएको छ । दुबै हिमालबाट हालसम्म रु ३१ लाख ४६ हजार सलामी दस्तुर सङ्कलन भएको छ ।

शरद ऋतु पर्वतारोहणका लागि उत्तम मानिन्छ । यो याममा उल्लेख्य सङ्ख्यमा स्वदेशी तथा विदेशी पर्वतारोही आरोहणका लागि निस्कन्छन् । अघिल्लो वर्षको सो याममा महामारीकाबीच पनि केही विशिष्ठ विदेशी पाहुनासहित उल्लेख्य सङ्ख्यामा आरोहण भएको विभागले जनाएको छ । अघिल्लो वर्षको यही याममा पनि मनास्लु र अमादब्लम हिमाल आरोहणका लागि धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी गएका थिए ।

 

- २२ भाद्र २०७८, मंगलवार १६:१७ मा प्रकाशित