नेकपा एमालेको संसदीय दलको बैठक जारी

नेकपा एमालेको संसदीय दलको बैठक जारी

२३ भदौ, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बसिरहेको छ ।

संसद भवनको ल्होत्से हलमा जारी बैठकमा आजबाट सुरु हुने संसद बैठकमा एमाले सांसदहरुको भूमिकाबारे छलफल भइरहेको छ । बैठकलाई सम्बोधन गर्दै एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावलले केही संशोधनसहित एमसीसी पारित गर्नु पर्ने बताए ।

 

- २३ भाद्र २०७८, बुधबार ११:१४ मा प्रकाशित