काठमाडौं र विराटनगरबीचको ईपीएल खेल टस नभई स्थगित

काठमाडौं र विराटनगरबीचको ईपीएल खेल टस नभई स्थगित

११ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज तय भएको काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स बीचको खेल स्थगित भएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदान खेल्न लायक नभएकोले खेल नहुने भएको हो ।

अघिल्लो दिनको वर्षाका कारण मैदान भिजेकोले ९:३० मा सुरु हुनुपर्ने खेल निर्धारित समयमा टस हुन नसकेपछि खेल हुन सकेन । ११:४० मा पछिल्लो पटक मैदान निरिक्षण गर्दा खेल मैदान तयार नभएकोले खेल स्थगित गर्ने निर्णय गरेको हो । काठमाडौंले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सलाई पराजित गरेको थियो । विराटनगर भने पहिलो खेलमा चितवनसँग पराजित भएको थियो ।

- ११ आश्विन २०७८, सोमबार १२:४० मा प्रकाशित