पछिल्लो २४ घण्टामा १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

११ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार २६२ जना निको भएका छन् ।

 

- ११ आश्विन २०७८, सोमबार १६:३६ मा प्रकाशित