ईपीएलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित

ईपीएलमा चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित

२० असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गरेको छ । पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ अभर ५ बल खेल्दै एक विकेट गुमाएर सहजै भेटाएको हो ।

चितवनका मोहम्मद शाहाजादले सर्वाधिक ४८ रन बनाए । हसिम अन्सारीले १४ र करिम जनातले ४ रन बनाए । पोखराका नन्दन यादवले एक विकेट लिए । यसअघि ब्याटिङ गरेको पोखराका रिचर्ड लेभीले १९, सुनिल धमलाले १८, सुशन भारीले १२ रन जोडे । पोखरालाई सस्तैमा समेट्ने क्रममा पोखराका सागर ढकाल र सहाबब आलमले चाररचार विकेट लिए भने करिम जनात र सोमपाल कामीले एकरएक वीकेट लिए ।

 

- २० आश्विन २०७८, बुधबार ११:४६ मा प्रकाशित