सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

२१ असोज, काठमाडौँ । आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन बुधबारको तुलनामा ५०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार १७० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

- २१ आश्विन २०७८, बिहीबार ११:३५ मा प्रकाशित