बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

२४ असोज, काठमाडौँ । साताको पहिलो दिन सुनको मूल्य बढेको छ । आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोलामा १०० रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २५० रुपैयाँ छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

 

- २४ आश्विन २०७८, आईतवार १२:०३ मा प्रकाशित