महिला हत्या गरेको अभियोगमा तीन जना पक्राउ

Bichar Desk 4
समाचार
महिला हत्या गरेको अभियोगमा तीन जना पक्राउ

२४ असोज, काठमाडौं । मान्छे पासो लागेर मरेको डोरी महँगोमा गरेर लाखौं कमाउने लोभमा महिलाको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा, बानेश्वरले ललितपुर महानगरपालिका–१७, सुनाकोठीमा ४५ वर्षीया कमला तामाङको हत्या गरेको अभियोगमा मकवानपुरका २३ वर्षीय सविन प्रजा, मोरङका २० वर्षीय सुमन मगर र मकवानपुरकी १८ वर्षीया प्रविना प्रजा माझीलाई पक्राउ गरेको हो ।

महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरुले डोरी बिक्री हुने अफवाहमा विश्वास गरेर तामाङको घाँटीमा डोरीले कसेर हत्या गरेको पाइएको छ । हत्यापछि मृतकको गहना र मोबाइलसमेत लुटेर फरार रहेको अवस्थामा पक्राउ गरेर अनुसन्धान थालिएको उनले बताए ।

- २४ आश्विन २०७८, आईतवार १३:३० मा प्रकाशित