जसपाका प्रदेश २ का मुख्य सचिव शम्भु झाले राजिनामा दिए

Bichar Desk 4
समाचार
जसपाका प्रदेश २ का मुख्य सचिव शम्भु झाले राजिनामा दिए

२४ असोज, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का प्रदेश २ का मुख्य सचिव शम्भु झाले राजिनामा दिएका छन् । ‘यो पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारीवाट राजीनामा दिएको छु’ झाले बताएका छन् ।

जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिनासम्म काम गरेको बताउँदै झा आफ्नो योग्यता र क्षमता भन्दा ठूलो पद आफूले पाएको बताए । झाले आफू बाँचुजेल अन्य कुनै पनि राजनीतिक पार्टीमा नजाने समेत बताएका छन् । प्रदेश समितिलाई समायोजन गर्न पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएको बेला उनले पार्टीबाट राजिनामा दिएका हुन् ।

अध्यक्ष यादवले तत्कालिन राजपाबाट जसपामा आएकालाई समेत समायोजन गरी प्रदेश समिति आजै घोषणा गर्ने कार्यक्रम रहेको छ । पत्रकारिता पृष्ठभूमीका झा नेपाली कांग्रेसबाट राजनीति शुरु गरेका थिए ।

- २४ आश्विन २०७८, आईतवार १३:४२ मा प्रकाशित