न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड

५ कात्तिक, काठमाडौँ । न्यादी हाइड्रोपावरको लिमिटेडलले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो सेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

आइपीओमा २२ लाख ५५ हजार ८४ जना आवेदकबाट २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २२ लाख ४१ हजार १ सय ३८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँड गरिएको विक्री प्रबन्धकले जनाएको छ ।

आइपीओमा गोलाप्रथा मार्फत २ लाख २ हजार २ सय ५० जनाले १० कित्ताको दरले सेयर पाउने भएका छन् भने आवेदन दिएकामध्ये २० लाख ५२ हजार बढी आवेदकको हात खाली भएको छ ।

 

- ५ कार्तिक २०७८, शुक्रबार ११:२५ मा प्रकाशित