नयाँ सिजनको लिगका लागि अजरवैजानका दुई खेलाडी भित्र्याए

नयाँ सिजनको लिगका लागि अजरवैजानका दुई खेलाडी भित्र्याए

१० कात्तिक, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले नयाँ सिजनको लिगका लागि अजरवैजानका दुई खेलाडी भित्र्याएको छ । गत वैशाखमा भएको नेपाल सुपर लिग (एनएसएल) खेलेका नुर्लान नुभ्रोजोभसहित अर्का खेलाडी सदिक गुलिएभ मछिन्द्रबाट लिग खेल्न नेपाल आएका हुन् ।

ए डिभिजन लिग यही कात्तिक २९ गतेदेखि सुरु हुँदैछ । नुर्लानले यसअघि नेपाल आउँदा ललितपुर सिटीबाट एनएसएल खेलेका थिए । जसमा उनले ६ खेल खेल्दै दुई गोल गरेका थिए । २८ वर्षीय पर्वार्ड नुर्लानले अजवैजान कपसमेत जितेका छन् । यस्तै २६ वर्षीय सेन्टरब्याक सदिकले अजरवैजानको यु-२३ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । उनले पछिल्लो पटक क्वाबला एफसीबाट खेलेका थिए ।

 

- १० कार्तिक २०७८, बुधबार १३:१० मा प्रकाशित