टी-२० क्रिकेट विश्वकपमा आज दुई खेल हुँदै

Bichar Desk 4
Cricket, खेलकुद
टी-२० क्रिकेट विश्वकपमा आज दुई खेल हुँदै

१६ कात्तिक, काठमाडौँ । टी-२० क्रिकेट विश्वकपमा मंगलबार दुई खेल हुँदैछ । पहिलो खेलमा बंगलादेश र दक्षिण अफ्रिका भिड्नेछन् । दुवै टोली सेमिफाइनल यात्रा सहज बनाउने दाउमा छन् । समूह-१ बाट इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ । त्यसैले दुवै टोलीलाई जित अनिवार्य छ ।

समूह-१ मा इंग्ल्यान्ड शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका र अष्ट्रेलिया क्रमशस् दोस्रो र तेस्रो स्थानमा छन् । यता, श्रीलंका र वेस्ट इन्डिज क्रमशस् चौथो र पाँचौँमा रहँदा बंगलादेश पुछारमा छ । मंगलबारको दोस्रो खेलमा समूह-२ मा रहेका पाकिस्तान र नामिवियाबीच प्रतिस्पर्धा हुनेछ ।

खेल अबुधावीमा राति पौने आठ बजे सुरु हुनेछ । पाकिस्तान लगातार चार खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने दाउमा हुनेछ । पाकिस्तानले अघिल्ला तीन खेलमा भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई हराएको थियो । नामिविया भने दोस्रो जितको खोजिमा हुनेछ । नामिवियाको दुई खेलबाट एक जितसहित २ अंक छ । समूह-२ मा पाकिस्तान ६ अंकसहित शीर्षस्थानमा हुँदा चार अंकसहित अफगानिस्तान दोस्रो, समान दुई अंकसहित न्युजिल्यान्ड र नामिविया क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

- १६ कार्तिक २०७८, मंगलवार १३:०४ मा प्रकाशित