आईसीसी टी-२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदै

आईसीसी टी-२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदै

२४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । यूनाइटेड अरब इमिरेट्स (यूएई)को आबुधाबीमा हुने खेल नेपाली समय अनुसार बलुका ७:४५ बजे सुरु हुनेछ ।

सुपर १२ मा इंग्लयाण्ड समूह एक को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने न्युजिल्याण्ड समूह दुईको उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । दुवै टोलीले सुपर १२ मा पाँच खेलमध्ये ४ खेल जितेका थिए भने एक खेलमा हार बेहोरेका थिए । इंग्ल्याण्डले वेष्ट इन्डिज, बंगलादेश, अष्ट्रेलिया र श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग अन्तिम खेलमा पराजित भएको थियो ।

इंग्ल्याण्डका लागि ब्याटर जोस बटलर र बलर क्रिस जोर्डनले उत्कृष्ट प्रदर्शन गर्दा न्युजिल्याण्डका लागि मार्टिन गप्टिल र ट्रेन्ट बोल्डले उत्कृष्ट प्रदर्शन गरेका छन् । इंग्ल्याण्डले चोटका कारण ज्यासन रोएलाई यो खेलमा गुमाउनेछ । उनको स्थानमा जेम्स भिन्सलाई टिममा राखिएको छ । न्युजिल्याण्डले भने सुरुमै चोटका कारण बलर लकी फर्गुसनलाई गुमाएको थियो । तर उनको स्थानमा एडम मिल्नेले राम्रो खेलिरहेका छन् । अहिले टिममा चोटको समस्या छैन ।

- २४ कार्तिक २०७८, बुधबार १२:२८ मा प्रकाशित