पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १ जनाको मृत्यु

२ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ पीसीआर र १८८७ एन्टिजेन गरी ११ हजार ९९३ परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर परीक्षणबाट परीक्षणमा ३६३ जना र एन्टिजेन परीक्षणबाट ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ भने कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ ।

 

- २ मंसिर २०७८, बिहीबार १६:१२ मा प्रकाशित