सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

६ मंसिर, काठमाडौँ । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य ९३ हजार ९०० तोकिएको छ ।

त्यस्तै तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला २०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रुपैयाँ एक हजार २६० मा कारोबार भएको थियो ।

 

- ६ मंसिर २०७८, सोमबार ११:५८ मा प्रकाशित