नेप्से परिसूचक ७ दशमलव ९० अंकले बढ्यो

नेप्से परिसूचक ७ दशमलव ९० अंकले बढ्यो

६ मंसिर, काठमाडौं । आइतबार दोहोरो अंकले घटेको बजार सोमबार भने झिनो अंकले सुधार भएको हो । नेप्से परिसूचक ७ दशमलव ९० अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ४३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.२१ अंकले सुधार भएको छ ।

नेप्से परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने राम्रो हुन सकने । दिनभर भएका ५१ हजार ५ सय २६ कारोबारबाट २२५ कम्पनीका ७५ लाख ६५ हजार ५१० कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँमा रोकिएको छ ।

- ६ मंसिर २०७८, सोमबार १६:४४ मा प्रकाशित