पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ९ जनाको मृत्यु

७ मंसिर, काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ७२९ जनाको पीसीआर परीक्षणमा ३१३ र १ हजार ४४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २७३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

- ७ मंसिर २०७८, मंगलवार १६:२७ मा प्रकाशित