चलचित्र ‘कठपुतली’ले आफ्नो प्रदर्शन मिति तय

चलचित्र ‘कठपुतली’ले आफ्नो प्रदर्शन मिति तय

९ मंसिर, काठमाडौं । चलचित्र ‘कठपुतली’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र अंग्रेजी नयाँ वर्षको अवसर पारेर आउँदो पुस १५ गतेबाट रिलिज हुने भएको छ । तमु ल्होसारको सार्वजनिक बिदा भएकाले यो चलचित्र बिहीबारबाट नै प्रदर्शनमा आउने निर्माणपक्षले बताएको छ ।

यो चलचित्रलाई भीमसेन लामाले निर्देशन गरेका हुन् । सम्पदा मल्लको लेखन रहेको छ । यो चलचित्रले हालै मात्र अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा २ वटा अवार्ड जितेको थियो । यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । पृथ्वी राना मगर निर्माता रहेको यो चलचित्रको कार्यकारी निर्माता सम्पदा मल्ल, सहनिर्माता विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । चलचित्रको पोष्ट प्रोडक्सनको काम लण्डनको स्टुडियोमा गरिएको हो । निर्देशक लामाले यो चलचित्र हरर भन्दा विल्कुलै भिन्न रहेको बताए ।

- ९ मंसिर २०७८, बिहीबार १४:०९ मा प्रकाशित