लिङ्देनको पक्षमा खुलिन् रेखा थापा

Bichar Desk 4
समाचार
लिङ्देनको पक्षमा खुलिन् रेखा थापा

९ मंसिर, काठमाडौँ । अभिनेत्री रेखा थापा राप्रपामै रहेको संकेत दिएकी छन् । बिहीबार राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्वारी घोषणा गरे । उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भएर रेखाले आफू लिङ्देनको पक्षमा रहेको सन्देश दिएकी छन् ।

अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई टक्कर दिँदै युवा नेताहरूको दरिलो समर्थनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । लिङ्देनलाई अभिनेत्री, निर्माता, निर्देशकसमेत रहेकी रेखाले पनि समर्थन जनाएकी हुन् । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।

 

- ९ मंसिर २०७८, बिहीबार १५:१५ मा प्रकाशित