नेपाली महिला फुटबल टोलीले एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्जको उपाधि जित्यो

नेपाली महिला फुटबल टोलीले एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्जको उपाधि जित्यो

१३ पुस, काठमाडौँ । नेपाली महिला फुटबल टोलीले दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्जको उपाधि जितेको छ ।

बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो । दोस्रो सेटमा उज्वेकिस्तान २५-२४ ले विजयी भए पनि तेस्रो सेट नेपालले २५-१५ ले आफ्नो पक्षमा पार्यो । चौथो सेट उज्वेकिस्तानले २५-२२ ले जित्दै खेल वेस्ट अफ फाइभमा पुर्‍यायो । पाँचौं सेट १५-१० ले आफ्नो बनाउँदै नेपालले उपाधि जित्यो । नेपालले शतप्रतिशत नतिजासहित उपाधि जितेको हो ।

- १३ पुष २०७८, मंगलवार १५:३१ मा प्रकाशित