
१५ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ जना र २ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा मृत्यु शून्य भएको छ भने २२८ जना संक्रमणमुक्त भएका छन् ।
- १५ पुष २०७८, बिहीबार १७:११ मा प्रकाशित