कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धितर्फ परीक्षाफल प्रकाशित

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धितर्फ परीक्षाफल प्रकाशित

२३ पुस, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धितर्फ परीक्षाफल प्रकाशित गरेको छ । बिहीबार बोर्डले गत असोज ११ देखि १८ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो ।

बोर्डका अनुसार परीक्षामा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ जना गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । परीक्षामा सहभागी मध्ये २ हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

- २३ पुष २०७८, शुक्रबार १५:२३ मा प्रकाशित