बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

२७ पुस, काठमाडौँ । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर एक हजार २३० रुपैयाँ कायम भएको छ ।

 

- २७ पुष २०७८, मंगलवार १२:३७ मा प्रकाशित