६ सयले बढ्यो सुनको मूल्य

६ सयले बढ्यो सुनको मूल्य

२८ पुस, काठमाडौँ । आज सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पाँच रुपैयाँले बढेर प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ ।

 

- २८ पुष २०७८, बुधबार ११:३७ मा प्रकाशित