निर्वाचन आयोगमा सर्वदलीय बैठक शुरु

निर्वाचन आयोगमा सर्वदलीय बैठक शुरु

३० पुस, काठमाडौँ । निर्वाचन आयोगमा सर्वदलीय बैठक शुरु भएको छ । राजनीतिक दलहरुसँग परामर्श गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको थियो । स्थानीय चुनावबारे दलहरुसँग छलफल गर्न बोलाइएको आयोगले जनाएको छ ।

आजको बैठकमा स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुने आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए । बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १६ दललाई निमन्त्रणा गरिएको छ । निर्वाचन आयोगले आगामी माघ १२ हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा समेत दलहरुसँग छलफल गर्नेछ ।

 

- ३० पुष २०७८, शुक्रबार १३:३१ मा प्रकाशित