चलचित्र ‘चपली हाइट ३’ शुक्रबारबाट प्रदर्शनमा

चलचित्र ‘चपली हाइट ३’ शुक्रबारबाट प्रदर्शनमा

३० पुस, काठमाडौं । नेपाली चलचित्र ‘चपली हाइट ३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । निर्माता अर्जुन कुमारले चलचित्र रिलिज भएसँगै एक भिडियो सार्वजनिक गरेका छन् । जसमा उनले कोरोना महामारीका कारण ठप्प बन्न थालेको चलचित्र क्षेत्रलाई माथि उठाउनका लागि जोखिम मोलेको बताएका छन् ।

निकेश खड्काको निर्देशनमा तयार भएको यो चलचित्रलाई सस्पेन्स थ्रिलर कथामा तयार पारिएको छ । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ । निर्माता अर्जुन कुमारले हल सबैभन्दा सुरक्षित स्थान भएकाले ढुक्क भएर चलचित्र हेर्न दर्शकसँग अनुरोध गरेका छन् । चलचित्र रिलिजका क्रममा आफूले दिएका विभिन्न बयानले कसैको मन दुखेको खण्डमा माफी समेत माग्दै अर्जुनले कलाकार र प्राविधिकले चलचित्रका लागि ठूलो साथ दिएको बताएका छन् ।

 

- ३० पुष २०७८, शुक्रबार १४:०३ मा प्रकाशित