
१८ वैशाख, काठमाडौं । पहिलो टी-२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टोनी मुन्योङ्गाले अर्धशतक प्रहार गरे ।
मारुमानीले सर्वाधिक ५६ रन बनाउँदा बनाए । उनले ४१ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । टोनीले २३ बल खेल्दै ७ चौका मद्दतमा ५० रन बनाए । रोए काए ९ रनमा अविजित रहे । बसिर अहमदले दुई तथा करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।
- १८ बैशाख २०७९, आईतवार १६:५८ मा प्रकाशित