
१९ वैशाख, काठमाडौं । जिम्बावे ए विरुद्धको दोस्रो टी-२० क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै जिम्बावेलाई ब्याटिङको निम्तो दिएको हो । नेपाली टिममा एक परिवर्तन गरिएको छ । आरिफ शेखको स्थानमा भीम सार्की पहिलो एघारमा खेल्दैछन् ।
- १९ बैशाख २०७९, सोमबार १२:५९ मा प्रकाशित