शहिद स्मारक ‘सी डिभिजन लिग’मा सोमबार २ खेल हुँदै

शहिद स्मारक ‘सी डिभिजन लिग’मा सोमबार २ खेल हुँदै

२६ वैशाख, काठमाडौँ । शहिद स्मारक ‘सी डिभिजन लिग’मा सोमबार २ खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार हुने पहिलो खेल स्वयम्भु क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच हुँदैछ ।

खेल दिउँसो पौने १ बजे सुरु हुनेछ । ३ अंकसहित स्वयम्भु तालिकाको १३ औँ स्थानमा छ भने समाज कल्याण १० अंकसहित छैंटौँ स्थानमा रहेको छ । अर्को खेलमा स्पोर्ट्स एकेडेमी साँगा र झापा फुटबल क्लब दिउँसो ४ बजे आमने सामने हुनेछन् । साँगा दोस्रो जितको खोजीमा छ भने झापा छैंटौँ जितको खोजीमा छ ।

 

- २६ बैशाख २०७९, सोमबार १२:३२ मा प्रकाशित