
२८ वैशाख, काठमाडौँ । सुनको मूल्य आज एक हजारले घटेको छ । छापावाल सुन आज ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार पनि सुन तोलामा ७ सयले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन आज प्रतितोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
- २८ बैशाख २०७९, बुधबार १२:०७ मा प्रकाशित