हेटौंडामा एकीकृत समाजवादीको अग्रता

Bichar Desk 4
Headline, समाचार
हेटौंडामा एकीकृत समाजवादीको अग्रता

१ जेठ, हेटौडा । हेटौंडा उपमहानगरपालिकामा मतगणनाको सुरुबाट पहिलो र दोस्रो स्थानमा रहेको एमाले आइतबार दिउँसो २ बजेसम्मको मतगणना अनुसार तेस्रो स्थानमा पुगेको हो ।

हालसम्म २ हजार २७४ मतसहित गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा पहिलो स्थानमा रहेकी छन् । दोस्रो स्थानमा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह रहेका छन् । उनले २ हजार २२५ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा एमालेका उम्मेदवार अनन्त पौडेल रहेका छन् । उनको २ हजार ११२ मत प्राप्त गरेका छन् ।

- १ जेष्ठ २०७९, आईतवार १५:४१ मा प्रकाशित