गायक राजु लामा सर्वोच्च शिखर सगरमाथा आरोहण गरे

गायक राजु लामा सर्वोच्च शिखर सगरमाथा आरोहण गरे

गायक राजु लामा आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् ।

बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । उक्त दलमा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही सहभागी थिए । जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामा सर्वोच्च शिखर चढेका हुन् । जलवायु संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरोजस्ता प्राकृतिक विपतले ल्याएको जोखिमबारे आफूले हिमाल बढेको लामाले बताएका थिए ।

- २ जेष्ठ २०७९, सोमबार १३:२३ मा प्रकाशित