
२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने भएको छ ।
सोमबार दिउँसोसम्म पाँच ठाउँमा गणनास्थल छ । यसलाई पनि बढाएर सात पुर्याउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए । जति सक्दो छिटो परिणाम दिनेमा प्रतिवद्ध रहेको बताउँदै उनले भने, ‘स्थान बढाएर हुन्छ कि, कर्मचारी थप्न पहल गरेर हुन्छ कि, के गरेर हुन्छ छिटो छरितो गराउने कुरामा म एकदमै प्रतिवद्ध छु ।’
- २ जेष्ठ २०७९, सोमबार १६:२३ मा प्रकाशित