नेपालका ४०औ प्रधानमन्त्री देउवाले लिए सपथ

नेपालका ४०औ प्रधानमन्त्री देउवाले लिए सपथ

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथपछि निवर्तमान प्रधानमन्त्री प्रचण्ड र नवनिर्वाचित प्रधानमन्त्री देउवाले कुर्सी साटासाट गरेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सात सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । तीन जना उपप्रधान एवं चार जना मन्त्रीहरुले सपथ लिएका हुन् ।

तीन उपप्रधानमन्त्रीहरुमा कृष्णबहादुर महरा उपप्रधान एंवम परराष्ट्र, गोपालमान श्रेष्ठ उपप्रधान एंवम शिक्षा र विजय गच्छदार उपप्रधान एंवम स्थानीय विकास मन्त्री भएका छन्।

नेपाली कांग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्कीलाई अर्थ, फरमुल्ला मनसुर श्रम मन्त्री बनेका छन् । नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा गृह र प्रभु साह विनाविभागिय मन्त्री बनेका छन्।

- २४ जेष्ठ २०७४, बुधबार ०९:१७ मा प्रकाशित

Kumari Advertisement