भारतमा आतङ्ककारी संग भएको झडपमा एक सैनिकसहित पाँचको मृत्यु

भारतमा आतङ्ककारी संग भएको झडपमा एक सैनिकसहित पाँचको मृत्यु

उत्तरपश्चिमी भारतीय राज्य नागाल्यान्डमा हतियारधारीसँग भएको भिडन्तमा परी एक भारतीय सैनिक अधिकारीसहित पाँचको ज्यान गएको छ ।
सो भिडन्तमा परी मारिनेमा तीन जना सशस्त्र हतियारधारी र अर्का एकजना सर्वसाधारण नागरिक परेका छन् ।भारतीय सुरक्षा निकायले मारिने हतियारधारी आतङ्ककारी भएको जनाएको छ । तर ती आतङ्ककारीहरु कुन समूह वा केसँग सम्बन्धित छन् भन्ने बारेमा भने केही खुलाएको छैन ।

सुरक्षा गस्तीमा रहेका सैनिकसँग ती हतियारधारी समूहको भिडन्त भएको बताइएको छ । त्यसमा अरु पनि कैयौँ व्यक्ति रहेका र कतिपय भागेको बताइएको छ ।

यस समाचारको विस्तृत विवरण प्राप्त हुन सकेको छैन । घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको र उनीहरुले अनुसन्धान जारी राखेका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

- २४ जेष्ठ २०७४, बुधबार ०९:३३ मा प्रकाशित

Kumari Advertisement