जयाले टुटाइन् अभिषेक र रानीको प्रेम

न्यूजटूनेपाल
कला र मनोरञ्जन
जयाले टुटाइन् अभिषेक र रानीको प्रेम

आमा जया बच्चनका कारण बलिउड अभिनेता अभिषेक बच्चनको अभिनेत्री रानी मुखर्जीसँगको प्रेमसम्बन्ध टुटेको थियो । यो जोडीलाई बलिउडमा दर्शकले निकै मनपराएका थिए ।

फिजिकल्ली धेरै राम्रो र चलचित्रमा सुहाँउदो यो जोडीको रूपमा बच्चन र रानीलाई लिइन्थ्यो । उनीहरुले ‘बंटी और बबली’ बाट रिल लाइफको प्रेमलाई रियल लाइफमा बदलेका थिए । यही फिल्मबाट उनीहरूको प्रेम सम्बन्ध निकै अगाडि बढेको थियो ।

‘राजाकी आएगी बारात’ चलचित्रबाट आफ्नो करिअर सुरु गरेकी रानीले बच्चनसँग ‘बस इतासा ख्वाब है’ मा काम गरेकी थिइन् । ‘युवा’ चलचित्रबाट उनीहरूको अफेयर सुरु भएको थियो । सन् २००४ मा बनेको ‘युवा’ चलचित्रपछि ‘बंटी और बबली’बाट उनीहरूको प्रेमले बलिउडमा व्यापक चर्चा पाएको थियो ।

यो जोडीको प्रेम सम्बन्धबारे जब अभिषेककी आमा जया बच्चनले थाहा पाइन् उनले आफ्नो छोरालाई नराम्ररी हपारिन् । आमाका कारण आफ्नो प्रेम सम्बन्धलाई अभिषेकले बीचमै त्यागिदिए । जयाले रानीलाई त्यति मन पराउँदिनथिन् । अभिषेकको इच्छा भने रानीसँग विवाह गर्ने रहेको थियो । त्यसपछि अभिषेक बच्चनले बलिउड अभिनेत्री तथा विश्व सुन्दरी ऐश्वर्या रायसँग सन् २००७ मा विवाह गरे । अभिषेकको विवाहपश्चात् रानीले निर्देशक आदित्य चोपडासँग विवाह गरिन् ।

- २४ भाद्र २०७४, शनिबार ०७:२७ मा प्रकाशित

Kumari Advertisement