रातो मच्छिन्द्रनाथलाई बुङ्मती लगिँदै

रातो मच्छिन्द्रनाथलाई बुङ्मती लगिँदै

काठमाडौं। रातो मच्छिन्द्रनाथको मूर्तिलाई आज बुङ्मती लगिँदैछ। आज बिहान १० बजेर ५  नेटदेखि १० बजेर २० मिनेटको साइतभित्र मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओरालेर खटमा राखेर  ङ्गमतीतर्फ लगिने बताइएको छ।

विगतमा भोटो जात्राका दिन भोटो देखाएपछि मात्र मूर्तिलाई रथबाट ओरालेर बुङ्गमती लगिने गरिएकोमा यस वर्ष भोटो जात्रा नगरीकन रथबाट मूर्तिलाई निकालेर सोझै बुङ्गमतीतर्फ लैजान लागेको हो।

कोरोनाको जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथजात्रालाई छोट्याउने सहमतिअनुसार गएको २१ गते रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो।

त्यस्तै २२ गते मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिएको थियो। असोज १ गते बिच पूजासँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ।

- २९ भाद्र २०७७, सोमबार ०६:४० मा प्रकाशित

Kumari Advertisement