मन्त्रिपरिषद् बैठक बस्दै

Rajdhani Desk 3
Breaking News, Headline
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं। सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले जनाएको छ। स्रोतका  उनका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो।

आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको छ। बालुवाटार स्रोतका अनुसार आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरू गर्दैछ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख  र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको छ। त्यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाएका अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले भदौ २० गते राजीनामा दिएसँगै सो पद पनि खाली छ।

- २९ भाद्र २०७७, सोमबार ०६:४३ मा प्रकाशित

Kumari Advertisement