पिएसजीको लगातार दोस्रो हार, खेलमा दुबै टिमबाट अभद्र झगडा

Bichar Desk 3
Football, खेलकुद
पिएसजीको लगातार दोस्रो हार, खेलमा दुबै टिमबाट अभद्र झगडा

२९ भदौ, काठमाडौं । स्टार खेलाडी नेमारसहित पाँच खेलाडीले रातो कार्ड पाएको फ्रेन्च लिगको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) मार्सेसँग १ गोलले पराजित भएको छ। पिएसजीलाई मार्सेले उसैको मैदानमा १-० ले स्तब्द बनाएको हो।

फ्लोरिन थाउभिनले दोस्रो हाफमा गरेको गोल गर्नै मार्सेलाई ३ अंक दिलाउन प्रयाप्त बन्यो।

खेलमा नेमारसहित पिएसजीका ३ र मार्सेका २ खेलाडीले इन्जुरी टाइममा गरेको झगडाको कारण रातो कार्ड पाए। नेमारले मार्सेको एक खेलाडीलाई टाउकोमा हातले प्रहार गरेका थिए।

मैदान बाहिरिँदा नेमारले फोर्च अफिसियलसँग आफूलाई रेसिस्ट कमेन्ट भएको बताएका थिए।

- २९ भाद्र २०७७, सोमबार ०७:०६ मा प्रकाशित

Kumari Advertisement