दोस्रो ओडिआई खेलमा इंग्ल्याण्ड बिजयी

Bichar Desk 3
Cricket, खेलकुद
दोस्रो ओडिआई खेलमा इंग्ल्याण्ड बिजयी

२९ भदौ, काठमाडौं । इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्धको ओडिआई सिरिज अन्तर्गत दोस्रो खेल जित्दै सिरिजलाई बराबरीको मोडमा ल्याएको छ। रोमान्चक बनेको खेलमा इंग्ल्याण्ड २४ रनले बिजयी भएको हो। पहिलो ओडिआई अष्ट्रेलियाले १९ रनले हात पारेको थियो। अब सिरिज बिजेता अन्तिम खेलले घोषणा गर्नेछ।

इंग्ल्याण्डले दिएको २३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४८.४ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो। कप्तान आरोन फिन्चले अर्थशतक प्रहार गरेपनि टिमलाई जित दिलाउनबाट चुके। फिन्चले सर्वाधिक ७३ रन बनाए। यस्तै मार्नुस लाबुसेचनले ४८, एलेक्स क्यारीले ३६ र प्याट कमिङ्सले ११ रन बनाउनुबाहेक बाँकीले दोहोरो अकंमा रन बनाउन सफल भयेनन्।

अष्ट्रेलियालाई अलआउट गर्दै इंग्ल्याण्डलाई जित दिलाउन क्रिस वोक्स जोफ्रा आर्चर र साम कुरानले ३-३ विकेट झारे।

त्यसअघि म्यानचेष्टरस्थित ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो। इंग्ल्याण्डका कप्तान इओन मोर्गनले सर्वाधिक ४२, टम कुरानले ३७ र जो रुटले ३६ रनको पारी खेले।

अष्ट्रेलियाक लागि एडम जाम्पाले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए।

- २९ भाद्र २०७७, सोमबार ०७:४० मा प्रकाशित

Kumari Advertisement