भारतमा ड्रग डिलर पक्राउ, रियालाई थप चिन्ता

भारतमा ड्रग डिलर पक्राउ, रियालाई थप चिन्ता

एजेन्सी। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको घटनामा उनकी गर्लफ्रेन्ड रिया चक्रवर्ती र उनका भाइ शौविक चक्रवर्ती अहिले न्यायिक हिरासतमा छन्। तर, अब उनीहरुका लागि चिन्ताको विषय थप बढ्ने भएको छ।

सोेमबार भारतको प्रहरीले सूर्यदीप मल्होत्रा नामका एक व्यक्तिलाई पक्राउ गरेको छ। भारतीय मिडियाका अनुसार उनी लागुऔषध कारोबारी हुन्। अब उनीसँग पनि रियाले कारोबार गरेको हुनसक्ने बताइएको छ।

यही कारण रियालाई थप समस्या हुन लागेको हो।

- ३० भाद्र २०७७, मंगलवार १४:१० मा प्रकाशित

Kumari Advertisement