मंगलबार सुनचाँदीको भाउमा वृद्धि

Bichar Desk 3
अर्थ
मंगलबार सुनचाँदीको भाउमा वृद्धि

काठमाडौं। भदौ ३० गते,मंगलबार सुन तथा चाँदीको भाउ उकालो लागेको छ। यस दिन सुन तोलामा ६०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महसंघले बताएको छ।

हिजो सोमबार पनि सुन तोलामा ४०० बढेर प्रतितोला ९६ हजार ९०० रुपैयाँ पुगेको थियो।

यसैगरी मंगलबार चाँदी पनि तोलामा २० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

- ३० भाद्र २०७७, मंगलवार १४:१४ मा प्रकाशित

Kumari Advertisement