असोज १ गते देखिनै लामो दुरीको यातायात खुल्ने,भाडा ५० प्रतिशत बढी

असोज १ गते देखिनै लामो दुरीको यातायात खुल्ने,भाडा ५० प्रतिशत बढी

काठमाडौं। असोज १ गतेदेखि नै लामो दुरीको यातायात सञ्चालनमा आउने भएका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने बताए।

साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने पनि बताइएको छ।

- ३० भाद्र २०७७, मंगलवार १८:३२ मा प्रकाशित

Kumari Advertisement