प्रिमियर लिग: चेल्सी र वल्भस विजयी, ब्राइटन र शेफिल्ड युनाइटेड पराजित

Bichar Desk 3
खेलकुद
प्रिमियर लिग: चेल्सी र वल्भस विजयी, ब्राइटन र शेफिल्ड युनाइटेड पराजित

३० भदौ काठमाडौं । प्रिमियर लिग अन्तर्गत पछिल्लो खेलमा चेल्सी र वल्भसले आफ्नो बिजयी यात्रा सुरु गरेका छन्। गएराति भएको खेलमा लण्डन क्लब चेल्सीले ब्राइटनलाई ३-१ गोल अन्तरले हराउदै तीन अंक जोडेको हो।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा २३औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अग्रता प्रधान गरेका थिए।

५४औं मिनेटमा लिणन्ड्रो ट्रासार्डले ब्राइटनका १ गोल गरेर खेललाई बराबरी गराय। त्यसको दुई मिनेटपछि नै रिस जेम्सले गोल गरेपछि चेल्सी फेरी अगाडी रह्यो र ६६औं मिनेटमा कोर्ट जुमाले चेल्सीको लागि तेस्रो गोल गरे र जित आफ्नो टिमको नाममा दर्ता गरे।

यस्तै सोमबार भएको खेलमा वल्भ्सले शेफिल्ड युनाइटेडलाई २-० ले स्तब्द तुल्यायो। वल्भ्सले खेलको सुरुवाती दश मिनेटभित्र नै दुई गोल गर्दै त्यसलाई कायम राख्यो र जित आफ्नो नाममा दर्ता गर्‍यो।

शेफिल्डको मैदानमा भएको खेलको तेस्रो मिनेटमा रहुल जिमिनेज र छैटौं मिनेटमा रोमन सेइसले गोल गर्दै वल्भसलाई २ गोलले बिजयी गराय।

- ३० भाद्र २०७७, मंगलवार ११:३४ मा प्रकाशित

Kumari Advertisement