युएस ओपनको उपाधि डोमिनिक थिमलाई

Bichar Desk 3
खेलकुद
युएस ओपनको उपाधि डोमिनिक थिमलाई

३० भदौ, काठमाडौं । अस्ट्रियाका डोमिनिक थिमले युएस ओपनको पुरुष एकलतर्फको उपाधि आफ्नो नाममा गरेका छन्। पहिलो ग्रान्डस्लाम टेनिसको उपाधि जित्ने क्रममा २७ वर्षीय थिमले जर्मनीका लेक्जेन्डर जवेरवलाई ३-२ को सेटमा हराय।

जवेरवले पहिलो सेट ६-२ र दोस्रो सेट ६-४ ले जितेर राम्रो सुरुवात गरेका थिए। त्यसपछिका तीन सेटमा भने थिम लयमा फर्किए।

थिमले तेस्रो सेट ६-४ ले आफ्नो पक्षमा पारे। चौथो सेटमा थिमले ६-३ को सहज जित निकालेपछि खेल २-२ को बराबरीमा पुग्यो।

पाँचौ सेटको खेल डिउसमा पुगेको थियो जसमा थिम ८-६ ले विजयी भएर उपाधि जित्न सफल भए।

- ३० भाद्र २०७७, मंगलवार ११:३८ मा प्रकाशित

Kumari Advertisement