इजराइल, यूएई र बहराइनबीच ऐतिहासिक सम्झौता, नयाँ मध्य पूर्वको सुरुवात भन्दै ट्रम्पद्धारा तारिफ

इजराइल, यूएई र बहराइनबीच ऐतिहासिक सम्झौता, नयाँ मध्य पूर्वको सुरुवात भन्दै ट्रम्पद्धारा तारिफ

एजेन्सी। संयुक्त अरब इमिरेट्स र बहराइनले इजराइलसँग आफ्नो सम्बन्ध सामान्य गर्नका लागि ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन्। दुबै खाडी देशबीच सम्झौतापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई नयाँ मध्य पूर्वको सुरुवात भनेर यसको तारिफ गरेका छन्।

उनले सम्झौतामा दस्तखत गरिएको एक भिडियो सेयर गर्दै लेखे, ‘दशकौंको विभाजन र संघर्षपछि आज हामीले एउटा नयाँ मिडिल ईस्टको सुरुवता गरेका छौं। इजराइल, संयुक्त अरब इमिरेट्स र बहराइनका जनतालाई बधाई। भगवानले तपाईंहरु सबैको भलो गरुन्।’

डोनल्ड ट्रम्पले मंगलबारको कार्यक्रममा उपस्थित हुन ह्वाइट हाउस पुगेका मानिसहरुलाई सम्बोधन गर्दै भने, ‘आज दिउँसो हामी यहाँ इतिहास फेर्न आएका छौं। इजराइल, यूएई र बहराइनले अब आ–आफ्नो देशमा दूतावास बनाउनेछन्, राजदूत नियुक्त गर्नेछन् र सहयोगी देशको रुपमा काम गर्नेछन्। उनीहरु अब साथी हुन्। आ–आफ्नो देशमा दूतावास बनाउनेछन्, राजदूत नियुक्त गर्नेछन् र सहयोगी देशको रुपमा काम गर्नेछन्। उनीहरु अब साथी हुन्।’

प्यालेस्टाइन रुष्ट, आपत्ति जनायो
अमेरिका, यूएई र बहराइनले यो सम्झौतालाई ऐतिहासिक बताएको छ। संयुक्त अरब इमिरेट्स र बहराइनलाई यो सम्झौतासम्म पुर्याउनमा डोनल्ड ट्रम्पको मुख्य भूमिका रह्यो।

इजराइल–प्यालेस्टाइन संघर्षलाई हल गर्ने उद्देश्यले जनवरीमा आफ्नो मध्य पूर्व शान्ति योजना पेश गरेका राष्ट्रपति ट्रम्पले दुबै सम्झौता गर्न मद्दत गरे। यसका साथै, यूएई र बहराइनले सन् १९४८ मा इजराइलको स्थापनापछि यसलाई मान्यता दिने तेस्रो र चौथो अरब देश बनेको छ। अघिल्लो महिना संयुक्त अरब इमिरेट्स अर्थात् यूएई पनि इजराइलसँग आफ्नो सम्बन्ध सामान्य गर्न सहमत भएको थियो। त्यतिबेला देखि नै बहराइनले पनि यस्तै गर्नसक्ने अनुमान लगाइँदै थियो।

सम्झौतापछि राष्ट्रपति ट्रम्पले अन्य अरब देश पनि यसै दिशामा अघि बढ्ने आशा जताएका छन्। यद्यपि, प्यालेस्टाइनका जनताले अरब देशसँग जबसम्म प्यालेस्टाइन र इजराइलबीच विवाद हल हुँदैन, तबसम्म प्रतिक्षा गर्न अपिल गरेका छन्।

- ३१ भाद्र २०७७, बुधबार ०७:२४ मा प्रकाशित

Kumari Advertisement