पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीका बिशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त

Bichar Desk 3
Breaking News, अर्थ
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीका बिशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीका बिशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त हुनुभएको छ।

व्यहालाई हिजो (सोमबार) बसेको मन्त्री परिषदको बैठकले प्रधानन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको हो।

मन्त्रीपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनु बताउनु भयो। खतिवडाले गत भदौ १९ गते अर्थमन्त्रीबाट राजिनामा दिनु भएको थियो। प्रधानमन्त्री ओलीका विश्वासपात्र रहनु भएको खतिवडाले सांसद नभई ६ महिना बढी मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण राजीनामा दिनुभएको हो। राष्टियसभामा व्यहालाई मनोनित नगरी नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय सोमबार बसेको मन्त्री परिषदले निर्णय गरेको थियाे।

 

- ३१ भाद्र २०७७, बुधबार ०९:०० मा प्रकाशित

Kumari Advertisement