वर्ल्डलिङ्कले ग्रामीण क्षेत्रमा समेत इन्टरनेट विस्तार गर्ने

वर्ल्डलिङ्कले ग्रामीण क्षेत्रमा समेत इन्टरनेट विस्तार गर्ने

काठमाडौं। वर्ल्डलिङ्कले अब ग्रामीण क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ। २५ वर्ष पुरा गरेको अवसरमा भर्चुअल रुपमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सीईओ केशव नेपालले नेटवर्कमा बढ्दै गएको चाप अनुरुप क्षमता बढाउँदै सेवालाई ग्रामीण क्षेत्रमा लैजाने निर्णय गरिएको बताए।

त्यसका लागि आवश्यक लगानी आन्तरिक स्रोत र बैंकिङ ऋणबाट पूर्ति गरिने कम्पनीका अध्यक्ष दिलिप अग्रवालको भनाई थियो। ‘हामीलाई सेवा विस्तार गर्न अब विदेशी लगानी थप गर्नुपर्ने आवश्यकता छैन।’ उनले भने ।

कम्पनीले क्रयशक्ति कम भएका जनतामाझ समेत इन्टरनेटको पहुँच पुर्‍याउने योजनाका साथ पहल भइरहेको जनाएको छ।

- ३१ भाद्र २०७७, बुधबार ०९:०३ मा प्रकाशित

Kumari Advertisement